सोमबार, भाद्र १ गते २०८३
images

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

  • 4.8K
    SHARES
  • माघ २२, २०७५ मंगलबार

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताएका छन । 

    नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पु¥याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । 

    “कम्पनी (टेलिकम) लाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको छ, टेलिकम ‘नम्बर वान’ थियो छ, हुनुपर्छ र चुनौतीविहीन नम्बर वान हुनुपर्छ, एउटा केही विषय आउनासाथ तर्सिने होइन काम द्रुत गतिमा अघि बढाउने हो, को आयो को गयो मतलब हुँदैन, इमान्दार बनौँ, काम गरौँ, तर्सिनुपर्दैन”, सञ्चारमन्त्री बाँस्कोटाले भन । े

    उनले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इङ्गित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राखेका छन। 

    मन्त्री बाँस्कोटाले भने, “फोरजी वर्ष दिन अल्झिएको छ, संसदीय समितिमा जवाफ दिँदै हैरान भएको छ । कि त औचित्य छैन भन्नुप¥यो, होइन भने सबल बनाउन सबै लाग्नुपर्छ । टेलिकमको हितमा कोहीसँग पनि घुँडा टेकिन्नँ, गल्ती नगरेसम्म डराइन्नँ ।” 

    फोरजी, अप्टिकल फाइबरलगायतका महत्वपूर्ण आयोजना अघि बढेसँगै टेलिकम सुध्रिएको सङ्केत देखिएको भन्दै उनले निजी क्षेत्र नाफा कमाउने क्षेत्रमा मात्रै पुग्ने भएकाले टेलिकम त्योभन्दा फरक गरीब जनताको क्षेत्रमा जाने भएकाले उसँगको प्रतिस्पर्धामा अल्झन नहुने उल्लेख गरेका छन । 

    वर्ष दिनभित्रै फोरजी विस्तार 

    सञ्चारमन्त्री बाँस्कोटाले फोरजी सेवालाई एक वर्षभित्रै मुलुकभर विस्तार गरिने बताएका छन । “चुनौतीकै बीच १२ महीनामा फोरजी सक्नुपर्छ, अब समय तालिकामा काम गर्ने हो । सरकारले त्यतिकै आर्थिक समृद्धिको कुरा गरेको छैन । समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ”, उनले भने । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार