सोमबार, भाद्र १ गते २०८३
images

नेपाल टेलिकमकाे प्रिपेड फोन अब विदेशमा पनि प्रयोग गर्न मिल्ने

  • 4.6K
    SHARES
  • माघ २३, २०७५ बुधबार

     काठमाडौं । नेपाल टेलिकमले प्रिपेड फोनको प्रयोग विदेशमा पनि गर्न मिल्ने व्यवस्था गरेको छ ।

    यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै विदेशमा पनि फोन प्रयोग गर्न पाउने सुविधा दिएको थियो ।

    टेलिकमले मंगलबारदेखि लागु हुने गरि रोमिङ कलको शुरुवात गरेको हो । सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाल सेवाको शुभारम्भ गरेका हुन ।

    प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका हुन् । यस्तो सेवामा मोबाइलमा जति ब्यालेन्स छ त्यतिको मात्र उपायोग गर्न सकिने व्यवस्था गरेको हो । पोस्टपेड प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर मात्र रोमिङ सेवा लिन पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार