मंगलबार, भाद्र २ गते २०८३
images

मुटुमा समस्या देखिएपछी प्रधानमन्त्री ओली गंगालालमा

  • 2.5K
    SHARES
  • आषाढ १७, २०७७ बुधबार

    प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन् । ओलीलाई धेरै तनावका कारण धपेडी भइरहेको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो।

    पछिल्लो पटक आफ्नो सरकार ढाल्न भारत र आन्तरिक शक्ति लागिरहेको भन्दै अभिव्यक्ति दिएका ओलीले आलोचना भोगिरहेका थिए । उनलाई सरकार छाड्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले दबाब दिइरहेका छन्।

    उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएको बताइएको छ । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा ओलीमाथि सरकार छाड्न ब्यापक दवाव छ ।

    यो कुनै समस्या नभई नियमित चेकजाँच हो । भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या  नभएको बताइएको छ । बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो। उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार