गुगलले आफ्नो नयाँ सोसल मिडिया एप सार्वजनिक गरेको छ । गुगलको नयाँ सोसल मिडिया एपको नाम गुगल करेन्ट्स् न्ययनभि ऋगचचभलतक रहेको छ । गुगलले यसअघि नै बन्द गरिसकेको गुगल प्लसको नयाँ संस्करणको रुपमा गुगल करेन्ट्स लञ्च गरिएको हो ।
गुगल करेन्ट्सलाई गुगलले प्ले स्टोर तथा एपस्टोर दुबै प्लाटफर्ममा उपलब्ध गराइसकेको छ । यद्यपि यो एप अहिले आम सर्वसाधारणका लागि नभई व्यवसायिक सशुल्क ग्राहकहरुका लागि मात्र उपलब्ध छ । सबै प्रयोगकर्ताका लागि गुगलको यो एप कहिलेदेखि उपलब्ध हुनेहो भन्ने बारेमा केहीपनि खुलाइएको छैन ।