सोमबार, भाद्र १ गते २०८३
images

लाइसेन्स बनाइदिन्छु भन्दै साढे १३ हजार लिएको अभियोगमा एक जना पक्राउ

  • 1.8K
    SHARES
  • श्रावण १३, २०७७ मंगलबार

    काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।

    उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताएका छन । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ ।

    पक्राउ परेका दुवै जनाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार