भदौ २५ गते, शुक्रबार
आज भदौ २५ गते, शुक्रबार को दिन तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ