आइतबार, श्रावण ३१ गते २०८३
images

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ खुल्यो


  • 1.5K
    SHARES
  • कार्तिक १६, २०८० बिहीबार

    कार्तिक १६, काठमाण्डौं - भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागी प्राथमिक सेयर (आईपीओ) आजबाट खुल्ला गरेको छ।

    अंकित १०० रुपैयाँका दरले कम्पनीले आईपीओ खुल्ला गरेको हो।  आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीहरुले खरिद नगरेको सेयर संख्या समेत थप गरि सर्वसाधारणका लागी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको हो।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ४ लाख ८७ हजार ९१० कित्ता सेयर खरिद गरेनन। सो सेयर समेत सर्वसाधारणका लागी थप गरि निष्कासन गरेको हो।

    सर्वसाधारणले आईपीओ आवेदन गर्दा न्युनतम १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्ने छन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार