असार २६, काठमाण्डौं - आज सेयर बजारमा झिनो करेक्सन हुदा नेप्से लगभग स्थिर रह्यो। हिजो आइतबार ०.८० अंकले झरेको बजार २०७६ अंकमा पुगेर बन्द भएको छ। आज सोमवार कारोवार रकममा भने केही सुधार भएको छ।
आज ६५ हजार ३१७ वटा कारोवार भए भने १ करोड ११ लाख ८२ हजार ३ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ। हिमलयन हाईड्रो, सिटी होटल लगायतको सेयरमूल्य घटेको छ भने हिमालयन लाइफ इन्स्योरेन्स लगायतको बढी कारोवार भएको छ।