आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आजबाट आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ। हिजो अर्थात असार २० गते आईपीओ खुलाउने सुचना निकालेकोमा कम्पनीले आज विहान सुचना निकालेर आबेदन माग गरेको हो। प्राविधिक कारण देखाउदै शेयर निष्कासन मिति परिवर्तन भएको कम्पनिले जनाएको हो।
कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्व २० करोड रुपैयाँ बराबरको प्रीमियममा आईपिओ निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ दरको मुल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रीमियम थप गरि सर्वसाधारणकालागी निष्कासन गरेको छ भने कम्पनीका कर्मचारीहरुकालागी भने १०० रुपैयाँ दरमा बिक्री गर्न लागेको हो।
विदेशमा कार्यरत रहेका कामदारकालागी १० प्रतिशत अर्थात १२ लाख कित्ता, ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनिका कर्मचारी, ५ प्रतिशत ६ लाख कित्ता सामुहिक लगानिकोषकालागी छुट्ट्याइएको छ भने बाँँकि रहेको ८०% अर्थात ९६ लाख कित्ता शेयर सर्वसाधारणकालागि खुल्ला गरेको छ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मर्केट रहेको छ भने लगानीकर्ताले असार २५ सम्म आवेदन दिन सक्नेछन। सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ।