शनिबार, श्रावण ३० गते २०८३
images

सिनर्जी पावर कम्पनीले हकप्रद शेयर दिने


  • 1.8K
    SHARES
  • आषाढ २२, २०८० शुक्रबार

    असार २२, काठमाडौं - नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको (एसडीपीएल) को हकप्रद शेयरको प्रस्ताव स्वीकृत गरेपछि निष्कासनको बाटो खुलेको हो। धितोपत्र बोर्डले कम्पनीको ५० प्रतिशत हकप्रद शेयर अर्थात् ४० लाख ३२ हजार कित्ता निष्कासन गर्न अनुमती दिएको हो।

    कम्पनीले हाल कायम रहेका शेयरधनिहरुलाइ १:०.७५ कित्ताका दरले शेयर बाँडफाँड गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ। हकप्रद शेयर जारी पश्चात् कम्पनीको चुक्तापुँजी १ अर्व २० करोड ९८ लाख पुग्ने छ। 

    सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको दोलखा जिल्लामा ९.७ मेगावाटको सिप्रीनखोला एचईपी संंचालित रहेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाइ नियुक्त गरेको छ। 

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार