सोमबार, भाद्र १ गते २०८३
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


  • 2.5K
    SHARES
  • भाद्र २५, २०७८ शुक्रबार

    काठमाडौं, २५ भदौ

    साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज एक सय रुपैयाँ वृद्धि भएर ९० हजार सात सय रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । 

    महासंघले शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ ।  बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार