नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ।यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय
गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए।
यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए।
यस्तै, बैठकले भोलि १२ बजे संसदीय दलको बैठक राख्ने निर्णय गरिएको उनले बताए।