शनिबार, श्रावण ३० गते २०८३
images

रसियामा पुटिनको पार्टीलाई बहुमत


  • 1.9K
    SHARES
  • आश्विन ४, २०७८ सोमबार

    एजेन्सी
    मस्को, ४ असोज
    रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । 

    ५० प्रतिशत मतगणना हुँदा युनाईटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ । तल्लो सदन डुमामा कूल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन् । 

    तीन चरणमा गरिएको निर्वाचनमा १४ ओटा राजनीतिक दलहरुले प्रतिष्प्रर्धा गरेका थिए । पुटिनका आलोचकलाई भने प्रतिष्प्रर्धामा रोक लगाइएको थियो । 

    सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो । उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो । 

    निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार