देशकै सबैभन्दा ठुलो पार्टी नेकपा एमाले को १० औ महाधिवेशन यहि मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ! महाधिवेशन मुखैमा आईसक्दा पनि अध्यक्ष बाहेक पदाधिकारीमा को आउने रोचक बन्दै गईरहेको छ, अध्यक्षमा बर्तमान अध्यक्ष केपि शर्मा ओलि दोहोरिने लगभग पक्का भएपनि अन्य पदहरुमा को आउने निश्चित भएको छैन! एमालेको नयाँ बिधानअनुसार अध्यक्ष बाहेक १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष , १ महासचिव , १ उपमहासचिब र ७ सचिब सहित १५ सदस्यीय पदाधिकारी रहने ब्यवस्था छ! त्यसैगरी महाधिवेशन ले कम्तीमा एकतिहाई महिलासहित २२५ सदस्यीय केन्द्रिय कमिटी समेत निर्वाचित गर्नेछ!
यस महाधिवेशनमा प्यानल नबनाउने र सकेसम्म सर्बसम्मत पदाधिकारी छनौट गर्ने भनिएकोले कस्ले कुन पदमा उम्मेदवारी दिने हालसम्म खुलेर अगाडि आईसकेको अवस्था छैन! कतिपय नेताहरु अध्यक्ष के पि ओलिको आगामी रणनीति लाई हेरेर अगाडि बड्ने तरखरमा रहेका छन! एमालेको फुटलाई साथ नदिई १० बुदे सम्झौतामार्फत एमालेमै बसेका १० भाइ समुह, माओबादिबाट एमालेमा आएका नेताहरु, तथा एमालेकै धेरै आकांक्षा राख्ने नेताहरु भएकोले पदाधिकारी को छनौट सकसपुर्ण बन्ने देखिन्छ!
हालसम्मको अवस्थाअनुसार प्राय पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल रहेको छ तर कुन पदमा को भन्ने रस्साकस्सि महाधिवेशनसम्म नै रहने देखिन्छ! बरिस्ठ उपाध्यक्ष मा बर्तमान महासचिव ईस्वर पोख्रेल, सुबास नेम्वाङ , रामबहादुर थापा , भिम रावल को दाबि रहदै आएको छ भने उपाध्यक्ष मा बर्तमान उपाध्यक्ष अस्टलक्ष्मि शाक्य, युवराज ज्ञवाली लगायत को दाबी रहने देखिन्छ साथै अध्यक्ष पछिको सबैभन्दा आकर्षक महासचिव पदमा बर्तमान उपमहासचिव बिष्णु पौडेल, सुरेन्द्र पान्डे र शंकर पोख्रेल को ससक्त दाबी रहेको छ! भने सचिब मा बर्तमान सचिब योगेस भट्टराई, भिम आचार्य, गोकर्ण बिस्ट लगायतको दाबी रहने देखिन्छ! २२५ सदस्यीय केन्द्रिय कमिटी भने सर्बसम्मत हुने सम्भावना कम रहेकोले निर्वाचन हुने प्रवल सम्भावना रहेको छ!