बुधबार, भाद्र ३ गते २०८३
images

नेप्सेमा झिनो सुधार: कारोबार रकम भने घट्यो!


  • 1.8K
    SHARES
  • मंसिर ६, २०७८ सोमबार

    साताको दोस्रो दिन आज सोमबार नेप्सेमा सामान्य सुधार आएको छ, आज नेप्से ७.९ अंकले वृद्धि भइ २७६५.४४ बिन्दुमा आई पुगेको छ! आज नेप्सेमा होटल तथा पर्यटन उपसमुहमा सर्वाधिक ४.५१% ले उछाल आएको छ भने बैँकिङ, हाईड्रो, लगानी, म्युचुअल फन्ड, ननलाईफ इन्स्योरेन्स, व्यापार तथा अन्य उपसमुहमा सामान्य सुधार आएको छ भने बिकास बैंक , बित्त, लाईफ इन्स्योरेन्स, उत्पादनमुलक तथा लघुबित्त उपसमुहमा गिरावट आएको छ! नेप्से झिनो अङ्कले बढेतापनी कारोबार रकममा भने गिरावट आएको छ! आज बजारमा करिब ३ अर्ब ९३ करोड बराबरको कारोबार भएको छ! मौद्रिक निति समिक्षाको पर्खाईमा रहेका लगानिकर्ताहरु बजार प्रवेश नगरी पर्ख र हेरको रणनीतिमा रहेकाले कारोबार रकममा गिरावट आएको हो! बिश्लेसक हरु भने मौद्रिक नीति सकारात्मक नै आउने र बजारले पुन नयाँ उचाई छुने मा बिस्वस्त रहेका छन! 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार