शनिबार, कार्तिक २२ गते २०८३
images

नयाँ सत्ता समीकरणसंगै शेयर बजारमा उछाल


  • 1.0K
    SHARES
  • फाल्गुण २१, २०८० सोमबार

    नेपाली काँग्रेससँगको पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ सत्ता समीकरण बनाए पछी शेयरबजारमा उछाल आएको छ।

    आज तिनपटक सकारात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएको तीन मिनेटमै ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो ब्रेकको २० मिनेट पछि खुलेको कारोबार ९८ अंक बढेपछी पुन: दोस्रोपटक पोजेटिभ सर्किट लागेको थियो। 

    दोस्रो सर्किट ब्रेक पछि ४० मिनेट करोवार बन्द भएको थियो। तेस्रो पटक खुलेको कारोबार पुन: सर्किट ब्रेक लागेर कारोवार आजकालागी बन्द भयो। आज नेप्से ६% अर्थात ११७ अंकले बढ्दै २०७८ अंकमा अडिएको छ।

    आज ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर कारोबार हुदा ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको छ।Share Bazar.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार