काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागी २०८० फाल्गुन १३ गते बाट आईपीओ निष्कासन गर्ने भएको छ। सर्वसाधारणका लागी कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर जारी गर्ने छ। शेयर आवेदनको अन्तिम मिति फाल्गुन १६ गते रहेको छ। पूरा आवेदन नपरेको खण्डमा भने फाल्गुन २७ गते सम्म समय थप हुने जनाईएको छ ।
कम्पनीले यश अघि २ लाख ६७ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीकालागी र स्थानीय र खानी उत्खनन क्षेत्र प्रभावित बासिन्दाकालागी ९ लाख ३० हजार कित्ता शेयर जारी गरेको थियो। तर आयोजना प्रभावित ६ लाख ८१ हजार ५ सय ३० कित्ता शेयर रित पुर्वक विक्री हुन नसकेकोले उक्त शेयर पनि सर्वसाधारणमा जारी गरिने छ।
पहिलो चरणमा संस्थागत लागानीकर्ताका लागि ४०१ रुपैयाँमा आईपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा भने ३६० रुपैयाँ ९० पैसामा सर्वसाधारणकालागी विक्री गर्न लागेको हो।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल रहेको छ भने लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतममा १० हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन।