३१ साउन, काठमाडौं - साताको अन्तिम दिन आज बिहीबार सेयर बजारमा करिब ३० अर्ब रुपैयाँको कारोबार भएर ३०००.८१ अंकमा बन्द भएको छ।
गत सोमबार २७ अर्ब २४ करोडको कारोबार भएको सेयर बजार हप्ताको अन्तिम दिन २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ ९४ पैसाको कारोबार भएर हाल सम्मको रेकर्ड बनाएको हो।
आज नेप्से ४३ अंकले वृद्धि भएर ३०००.८१ अंकमा कायम रहन पुगेको छ। आज सेयर बजारमा १०५ कम्पनीको मूल्य बढ्यो भने १३७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनी को मूल्य स्थिर रहन पुग्यो।
सबै भन्दा बढी बैंकिङ क्षेत्रको मूल्य ५.६५ प्रतिशत बढ्यो भने सबै भन्दा कम ०.३२ प्रतिशत होटल तथा पर्यटनको रहेको छ।