शनिबार, श्रावण ३० गते २०८३
images

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आजवाट खुल्यो


  • 1.5K
    SHARES
  • मंसिर ४, २०८० सोमबार

    मंसिर ४, काठमाण्डौं - आजवाट हिमालयन रि इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी साधारण शेयरको (आईपीओ) खुलाएको छ। नेपाल सरकारवाट श्रम स्वीकृती लिएर विदेशमा रहेकाहरुले मात्र यो आईपीओमा आवेदन दिन सक्नेछन । 

    १०० मूल्य अंंकितमा प्रीमियम १०६ रुपैयाँ थप गरि प्रती कित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ खुल्ला गरेको हो। जस अन्तर्गत न्युनतममा १० कित्ता र अधिकतममा ३ लाख कित्ता सम्म आवेदकले आवेदन दिन सक्ने छन। 

    कम्पनीको कुल जारी पुँँजी १० अर्व रहेको छ। जस्को को ३० प्रतिशतको ३ करोड कित्ता शेयर कम्पनीले सर्वसाधारणको लागी निष्कासन गरेकोमा ३ करोड कित्ताको १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुको लागी खुलाएको हो। 

    कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ भने मंसिरको १८ गते सम्म आवेदकले आवेदन दिन सक्ने छन। कम्पनीको प्रती शेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा र आम्दानी प्रती शेयर ६ रुपैयाँ ३२ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार