साताको तेस्रो दिन मंगलवार आज नेप्सेमा ३२.२९ अङ्कले गिरावट आई २७३३.१४ बिन्दुमा आईपुगेको छ। नेप्सेमा अन्य उपसमुहबाहेक सबै उपसमुहहरुमा गिरावट आएको छ। नेपाल रास्ट्र बैंकले यसै हप्ता मौद्रिक नितिको समिक्षा गर्ने सम्भावना रहेको र कस्तो नीति आउने हो भन्ने अन्योलका बिच नेप्से दबाबमा आएको हो। आज नेप्सेमा करिब ४ अर्ब १६ करोड बराबर को कारोबार भएको छ। बिश्लेसकहरु भने बजारको गिरावटलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउछन, हल्लाको भरमा भन्दापनी राम्रा र बलिया कम्पनिमा लगानी गर्ने अवसरको रुपमा करेक्सनलाई लिनुपर्नेमा जोड दिने गरेका छन!