देशकै सबैभन्दा ठुलो पार्टी नेकपा एमाले को १० औं महाधिवेशन आज मंसिर १० गते चितवनको नारायणी नदिको किनारमा भब्यताकासाथ उद्घाटन भएको छ। पार्टी अध्यक्ष के पि शर्मा ओलिले रिमोटद्वारा पार्टीको चुनाव चिन्ह, झन्डा र रास्टिय झन्डा को एकैपटक झन्डोतलन गरेसङै उद्घाटन सत्र सुरु भएको थियो। कार्यक्रममा प्रधानमन्त्री एबम नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउबा, माओबादी केन्द्रका स्थाई समिती सदस्य लीलामणि पोख्रेल, जनता समाजवादी का अध्यक्ष उपेन्द्र यादब, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा नेपालका अध्यक्ष कमल थापा साथै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसि ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने एमाले अध्यक्ष ओलिले कार्यक्रम लाई सम्बोधन गर्नुहुदै आगामी चुनाबमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको थियो। देशभरबाट कार्यकर्ता चितवन उतारेको एमालेले चुस्त ब्यवस्थापन गर्न नसक्दा धेरै सहभागीहरु कार्यक्रमस्थल पुग्न सकेका थिएनन भने यातायात ब्यवस्था समेत अस्तब्यस्त हुन पुगेको थियो। महाधिवेशन को उद्घाटन सङै भोलि र पर्सि सौराहा को होटेल सेभेन स्टार मा बन्दसत्र हुनेछ र आगामी ५ बर्ष को लागि नयाँ नेतृत्व चयन गर्नेछ! महाधिवेशन का थप तस्बिरहरु:
