सोमबार, भाद्र १ गते २०८३
images

महामन्त्रीमा चिप्लियो देउवा प्यानल, गगन र विश्वप्रकाशले मारे बाजी


  • 1.3K
    SHARES
  • पौष १, २०७८ बिहीबार

    नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । सभापतिमा विजयी भए पनि शेरबहादुर देउवाले महामन्त्रीका आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् ।

     

    काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

    देउवा प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार थिए । उनीहरु तेस्रो तथा चौथो स्थानमा खुम्चिएका छन् । प्रदीप कृष्णप्रसाद सिटौला समूहसँग तालमेल हुँदा महामन्त्रीको उम्मेदवार बन्न सफल भएका थिए । उनी सिटौला समूहका हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार