पछिल्लो २४ घण्टामा देशभरी सक्रिय संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयले आज थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आजसम्म देशभरी २१ हजार ५८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।