चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ। २०७८ साल पौष २३ गते शुक्रवार बसेको साधारण सभाले सञ्चालक समितिबाट सिफारिश भए बमोजिम साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको आधारमा आ.व. २०७७-०७८ सम्मको सञ्चित मुनाफाबाट १५% लाभांश पारीत गरेको थियो ।
यस बर्ष ७.५% बोनस शेयर र ७.५% नगद लाभांश वापत (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत) बितरण गरेको हो। कम्पनीको रु ६ अर्ब २८ करोड ७ लाख ३९ हजार चुक्ता पूँजीको आधारमा १५% लाभांश बितरण गर्ने निर्णय गरेको थियो ।