शनिबार, श्रावण ३० गते २०८३
images

चेक बाउन्सका फरार ब्याक्ती डिल्लिबजारबाट पक्राउ


  • 2.0K
    SHARES
  • फाल्गुण २३, २०७८ सोमबार

    काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ स्थायी वतन भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

    बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । 
    सुदिपले आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्याएर २०७६ फागुन ३ गते प्राइम कमर्शीयल बैंक लिमिटेडमा रहेको खाताबाट भुक्तानी हुने गरी चेक दिएकोमा रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । 

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महानगरिय प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार