अषाढ १२, काठमाण्डौं - देशका विभिन्न जिल्लामा केही बर्ष अघि तामझामका साथ शाखाहरु विस्तार गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाका संचालक केदारनाथ शर्मा पक्राउ परेका छन।
सहकारीमा बचतकर्ताहरुको जम्मा भएको रकम हिनामिना र ठगी गरेको आरोपमा उनलाइ प्रहरीको केन्द्रिय अनुसन्धान (सिआईबी) को टोलीले पक्राउ गरेको हो। सिआईबीले जनाए अनुसार मुम्बईमा लुकेर बसेका उनलाइ मुम्बईबाटनै पक्राउ गरिएको हो।
भक्तपुरको कौसलटारमा केन्द्रीय कार्यालय रहेको शिव दर्शन बहुउद्देश्यीय सहकारीको नेपाल भरी १७ शाखा रहेका छन। गत माघ महिनाबाट नै शाखाहरुमा आफ्नो बचत रकम निकाल्नकालागी बचतकर्ताहरु बिहानै देखि लाम लाग्ने गरेका थिए। बचतकर्ताहरुको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।