काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा रहेको आँगन जैन भवनमा बम फेला परेको छ ।आँगन जैन भवनमा बिहान करिव ७ः३० बजे बम फेला परेको थियो । काउन्टर अगाडी रहेको टेवलमा ठुलो झोला देखेपछी उक्त शाखाका मेनेजरले कसैले आफ्नो सामान बिर्सेर छोडेर गए सुरक्षित राख्नु पर्यो भनि राख्न खोज्दा झोला संकास्पद लागेपछी खोलेर हेर्दा प्रेसर कुकर बम जस्तो देखिएपछी उनले तद्काल प्रहरीलाई खबर गरेका थिए ।
उत्त घटना लगतै नेपाल प्रहरी र नेपाली सेनाको बम डिष्पोजल टोलि आएको थियो भने आँगन जैन भवन अगाडीको बाटो बन्द गरि सर्वसाधारणलाई सो क्षेत्रमा प्रवेश निषेध गरिएको थियो । उत्त बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलिले केहि घण्टापछी डिफ्युज गराएको छ । उत्त बम कसले र किन राखेको हो भन्ने बारेमा हालसम्म पत्ता लागेको छैन भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।