काठमाडौँ — नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य पुन बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमको संचालक समितिको बैठकले मूल्य बढाएको हो । बढेको मुल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । मूल्य समायोजन पश्चात पनि पाक्षिक ४ करोड २५ लाख रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ ।
