सोमबार, भाद्र १ गते २०८३
images

२०७९ सालमा के के मुख्य आर्थिक घटना घटे: शुभकामना सहित


  • 1.4K
    SHARES
  • बैशाख १, २०८० शुक्रबार

    बैशाख १, नयाँ बर्ष २०८० को आगमनसँगै २०७९ ले बिदा लिईसकेको छ। गएको बर्षमा नेपालको अर्थतन्त्रमा कस्ता कस्ता उतार चढावहरु आए त! अब आएको यो नयाँ बर्षमा त्यस्ता उतारचढावहरुलाई मुल्याङ्कन गर्दै समाधान गर्दै कसरी अगाडि बढेर सुधार गर्न सकिन्छ भन्ने हेतुले सम्पूर्ण निकायहरुले कार्य गरी राज्यको अर्थतन्त्रमा सुधार आउन सकोस, जनताले अनुभुती गर्न पाउन। नयाँ बर्ष २०८० सालको अर्थडेलीको सम्पूर्णमा शुभकामना। 

    बिदा लिएर गएको २०७९ मा घटेका मुख्य अर्थिक घटनाहरु:

    यस वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको सहयोग लिएर बजेटमा करको दायरा हेरफेर गराएर राज्यलाई ठुलो नोक्सान घटनामा पुर्याएको, मन्त्रालयको सिसी टिभी फुटेज नष्ट गरेको भन्दै ब्यापक बिरोध भएपछी उनी माथि संसदीय छानबिन नै भयो र रजिनामा नै दिनुपरेको थियो। तत्कालिन सभामुख अग्नी सापकोटाले संसदिय छानविन समितीले बुझाएको प्रतिवेदनमा कुनै करका दरहरु निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पुन अर्थमन्त्रीमा नियुक्ती दिलाएको थियो। उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आफु अनुकुल कार्य नगरेको भन्दै निलम्बन समेत गरेका थिए। पछी सर्बोच्चको आदेशले उनी गभर्नरमा पुन: फर्किएका थिए।

    शेयर बजारमा ब्यापक उतारचढाव देखा पर्यो। अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नरबिचको टकरावले शेयर बजारमा ब्यापक गिरावट आएको भन्दै लागानीकर्ताहरुले नो भोट अभियान नै चलाएर बिरोध समेत गरेका थिए। शेयर बजारमा लागानीकर्ताहरुले करीव १५ खर्व रुपैयाँ भन्दा बढी गुमाएका छन। औसतमा पुँजीबजार औसत रह्यो। विक्रम संवत २०७९ को सुरुमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार चार सय बिन्दुमाथि थियो भने अन्त्यमा १९३४.४७ अंकमा रहेको छ अर्थात २००० बिन्दु भन्दा तल झरेको छ।


    गत चैत २६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवाद गरेको अडियो सार्वजनिक भयो। गत माघमा मन्त्रिपरिषद् विस्तार अघिको सो अडियोमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्ने र त्यसका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई अढाइ करोड बुझाउनुपर्ने भनेका छन्। तर, दुई करोडमा मान्ने र अहिलेलाई एक करोड नगद र एक करोडको चेक दिए हुने भन्ने संवाद सार्वजनिक अडियोमा स्पष्ट छ। जस्ले गर्दा नेपालको राजनीतिनै गर्माएको थियो। अडियो सार्वजनिक भएपश्चात राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छानबिन गरेको थियो र चैत २९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी  हटाइएको छ साथै सांसदबाट हटाउने प्रक्रिया सुरु गरेको छ।

    महालेखा परीक्षक वार्षिक प्रतिवेदन अनुसार बिदा भएको बर्षको संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्था लगाएतका कुल ६ हजार ५४६ वटा निकायहरुको लेखा परीक्षण गर्दा सरकारी आर्थिक कारोवारमा अनियमितताको चाङ लागेको देखाएको छ। यो आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु भएको छ। यो थप भएको बेरुजु सँगै हालसम्मको बेरुजु भएको रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। बेरुजु बढ्नुले राज्यकोषको चरम दुरुपयोग भएको मानिन्छ। यस्ले आर्थिक अनियमितताको अवस्था कस्तो छ भन्ने स्पष्ट देखाउछ।  

    नेपाल अतिकम विकसित मुलुकको सुचीमै रहेको छ। सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकहरुको सुचीबाट माथि उठ्ने लक्ष्य राखेको नेपाल अहिले यि मुलुकहरूको अध्यक्ष राष्ट्र भएको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको आयोजित एक समारोहमा नेपालले चैत २३ गते अतिकम विकसित मुलुकहरुको अध्यक्षता ग्रहण गरेको हो ।   

     

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार