बुधबार, भाद्र ३ गते २०८३
images

चालु बर्षमा २० प्रतिशत खर्च कटौती गर्न स्थानीय तहलाई परिपत्र


  • 1.2K
    SHARES
  • माघ २१, २०७९ शनिबार

    माघ २१, काठमाण्डौ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई चालु बर्षको खर्चमा २० प्रतिशत बजेट कटौती गर्न परिपत्र गरेको छ ।

    सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय गरेको थियो । इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालन लगायतका शीर्षकमा करिब साढे २४ अर्ब रुपैया बराबर खर्च कटौती भएको मन्त्रालयले जनाउ गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व असूली हुन नसकेको, बजेटरी सहायता समयमा प्राप्त हुन नसकेको, कर्मचारीको तलब तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि आर्थिक दायित्व बढ्दै गएको लगायतका कारण खर्च कटौतीको निर्णय गर्नुपरेको अर्थ मन्त्रालयको भनाइ छ ।

    अर्थ मन्त्रालयले खर्च कटौतीका लागि प्रदेश र स्थानीय तहहरुलाई समेत आग्रह गर्ने निर्णय गरेको थियो । सङ्घीय निकायमा चालु शीर्षकको खर्च कटौती भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पनि खर्च कटौती गर्न आग्रह गरेको हो । मन्त्रालयले शुक्रबार सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्र पठाउँदै चालु आर्थिक बर्षमा सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनात्मक सुधारलगायत शीर्षकको बजेटमा २० प्रतिशत खर्च कटौती गर्न भनेको हो । 

    अर्थ मन्त्रालयले सङ्घीय सरकारको सबै मन्त्रालय तथा निकायको स्वीकृत बजेटको इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्शलगायत शीर्षकको पनि खर्च कटौती गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार