वैशाख २७, काठमाण्डौं - अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने जनाउनु भएको छ। आज प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा यस्तो जानकारी गराउनु भएको हो।
खर्च नगर्दा पनि काम चल्छ भने त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने गर्ने बताउनु भयो । नयाँ गाडी नकिन्ने र पुरानैले चलाउने ‘हामीले बिल्डिङ बनाउने प्रतिस्पर्धा गरेर आवश्यकता भन्दा ठुला बिल्डिङ बनाउन लागेछौं। यस्तो खाले खर्च यसपटक अति आवश्यक भए मात्रै गर्नेछौं अब यो सरकारले यसलाई ख्याल गर्ने बताउनु भयो।
जुन प्रशसनिक लागत छ त्यसलाई कम गर्ने लक्ष्य रहेको र सार्वजनिक खरिद ऐनमा भएको समस्या र अवरोध पनि सरकारले हटाउने योजना रहेको जानकारी गराउनु भयो।