बैशाख २२, काठमाण्डौं - उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आज सातौ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै अहिलेनै उद्योगी व्यवसायी आत्तिनु पर्ने अवस्था होइन, अहिलेको अवस्थाको अब चाडै सामाधान हुन्छ भन्नू भएको हो। उक्त प्रदर्शनीमा नेपाली तथा विदेशी ब्रान्डका उत्पादनहरु प्रदर्शन गरिएको छ।
हाल देखिएको आर्थिक समस्यालाई उद्योगी र सरकार मिलेर हातेमालो गरेर मात्र सामाधान सकिने जनाउनु भयो। सरकारले मात्र सबै कुरा गर्न सक्दैन तर कानुनमा आएका समस्याहरुको समाधानको प्रक्रियामा निरन्तर लागेर उचित व्यवस्था गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु मेरो पहिलो प्राथमिकता हुने बताउनु भयो।
उद्योगीको समस्या सामाधानका निम्ति सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको छ। उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस भन्नकालागी सरकारले गम्भीरताका साथ सोचेको र उद्योगीको हितमा काम गर्ने मन्त्री रिजालले बताउनु भयो।
हालको मुख्य समस्या कोभिड १९ र युक्रेन रसिया युद्ध भएको र सामाधानकालागी राष्ट्र बैंकका गभर्नरसँग छलफल भैरहेको साथै ब्याजदर घटाउन सरकार लागिपरेको बताउनु भयो।