धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै हर्क साम्पाङले २०८२१ मत ल्याइ निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नेपाली काङ्रेसका किशोर राइले १६०५९ मत ल्याएका छन । साम्पाङले स्वतन्त्रबाट स्थानिय चुनावमा मेयरका लागि लडेका थिए ।
निर्वाचन आयोगले दिएको लौरो चुनाव चिन्ह उनकोलागी फलिफाप भएको छ । युवा जोशजागर बोकेका युवा साम्पाङ माथि धराने जनताले धेरै आश नगरेपनी धरानको खानेपानीको समस्या बाट मुक्त हुने आशचाही राखेको स्थानिय बताउछन । किन भने राजनीतिक दलहरुले तेही पानीको मुख्य एजेण्डा बनाएर बर्षउ चुनाव जितिरहेका थिए, तर समस्या ज्युकात्यु हुँदा उनलाई मत दिएको स्पस्ट देखिन्छ ।