बुधबार, भाद्र ३ गते २०८३
images

ईलामको देउमाइ नगरपालिकामा बार्ता मिल्यो! मत गणना राती १० बजेबाट शुरु गरिने


  • 1.8K
    SHARES
  • बैशाख ३१, २०७९ शनिबार

    ईलाम, मंगलबारे । ईलामको देउमाइ नगरपालिकाको मत गणना पुन: आज राती १० बजेबाट शुरु गरिने भएको छ । नगरपालिकाका कार्यालय सहयोगीको साथमा स्वस्तिक छाप र मोबाईल भेट्टिएको भन्दै नेपाली काङ्रेस र नेकपा माओबादीका कार्यकर्ताले नारा जुलुस गरेका थिए । भिड बढेपछी नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र हवाइफायर समेत गर्नु परेको थियो ।


    बढी मत बदर भएका कारण शन्का उत्पन्न भई बिरोध भएको हो । सि सि क्यामेरा फुटेज तथा स्वस्तिक छाप परीक्षण गर्दा कुनै नकरात्मक कार्य भएको नदेखिएको र गणनामा भएका सम्पूर्ण टोली नै परिवर्तन गरी मत गणना गर्ने सहमती भएको हो । सि डि ओ कार्यालयबाट कर्मचारीहरु गणना स्थालसम्म आइ पुग्न समय लाग्ने भएको कारण उक्त समयबाट गणना हुने सुमन खनालले जनाए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार