मंगलबार, भाद्र २ गते २०८३
images

स्वर्णिम वाग्ले भारी मतले अगाडी, जित लगभग सुनिश्चित


  • 1.1K
    SHARES
  • बैशाख ११, २०८० सोमबार

    बैशाख ११, काठमाण्डौं - तनहुँ १ मा हिजो १० गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भारी मतान्तर २२०८२ मतले अग्रता लिईरहनु भएको छ। वहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका गोबिन्द भट्टराई १२६४२ मतसहित दोस्रो र नेकपा एमालेका सर्वेन्द्र खनाल ६४५८ मतसहित तेस्रो स्थानमा पछ्याउँदै हुनुहुन्छ। गत मंसिर ४ को चुनावमा नेपाली काङ्ग्रेसवाट सिट नपाए पछि वहाँ रास्वपाबाट मैदानमा आउनु भएको हो।

    तनहुँ १ मा जम्मा ६३ हजार ७ सय ५७ मत खसेकोमा हालसम्म लगभग ४१ हजार ३ सय १९ मत गणना भईसकेको छ। जस अनुसार अब करिब २२ हजार ४ सय ३८ मत गणना गर्न बाँकि रहेको छ। यो अनुपातमा हेर्दा रास्वपा ३४.६३%, नेपाली काङ्ग्रेस १९.८२% र नेकपा एमाले १०.१३% मत आएको छ। रास्वपाका स्वर्णिम वाग्लेले यही अनुपात: मा मत करीव ३३ हजार मत प्राप्त गरी बिजयी हुने देखिन्छ। यो अनुमानित आँकडा मात्र हो तथ्यगत भने होइन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार