बुधबार, भाद्र ३ गते २०८३
images

पुजी बजारमा निराशा नै निराशा


  • 2.5K
    SHARES
  • जेठ ९, २०७९ सोमबार

    साताको पहिलो दिन आज सोमबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ३४.२१ अंकले घटेर २२००.८८ मा आएको छ । लगानीकर्ताहरु अब बजार बढछ बद्छ भन्दै आशा गरिरहेता पनि सधैं निराश हुँदै ब्रोकर कार्यालयबाट फर्किन वाध्य भएका छन । लगानीकर्ताले करोडौ रुपैया गुमाएका छन । आज धेरै लगानीकर्ताले त अब बजार बढछ भनेर आशा नै मारिसकेको बताउछन । 


    के अब बजार बढदैन त? 
    विश्वब्यापीरुपमा फैलिएको कोभिड-१९ माहामारीबाट आक्रान्त भएको विश्व अर्थतन्त्र तङ्ग्रन शुरु हुन खोज्दा रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई झन धरासायी बनाएको छ । पेट्रोलियम पदार्थको मुल्यले आकाश छोएको छ । नेपालको मात्र होइन विश्वको अर्थतन्त्र नै खस्किरहेको छ । विश्वको पुजी बजारनै ओरालो लागि रहेको छ । तसर्थ शेयर बजार पनि पूर्णरुपमा विश्वको अर्थतन्त्रमै भर पर्ने हुँदा नेपालको अर्थब्यवस्था हाल कस्तो छ  त भन्ने बुझेर मात्र लगानी गर्न उचित हुन्छ । बैंकको ब्याजदर उकालो लागेको लागै छ, महङगीले जनताका ढाड सेक्न थाली सकेको छ । कतै नेपालमा पनि श्रीलंकाको जस्तै अर्थ संकट आउने होइन भन्ने आम जनतामा त्रास उत्पन्न हुँदा लगानी गर्न डराउने अवस्था आएको देखिन्छ । तसर्थ हाल बजार उकालो लाग्ने कुनै आधार र बाटो देखिदैन । सरकारले बजेट ल्याएपछी बजार केही उकालो चढे पनि फेरी ओरालो नै झर्ने नै देखिन्छ तर २१०० बिन्दु भन्दा तल ओर्लने सम्भावना कमै देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार