जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको दवाव थेग्न नसकेर निष्काशित भएका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी नामको नयाँ पार्टी दर्ता गराएका हुन्। नेपाल समाजबादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ । उक्त चिन्ह भट्टराईकै नेतृत्वको पुरानो पार्टी नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो । आयोगमा पहिलेनै दर्ता भएको पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको जनाइएको हो । पार्टी अध्यक्ष र अरु पदाधिकारी को-को हुने भन्ने विषयमा विश्वस्त सुत्रले बाटएको छ।
नेकपा माओवादीका तत्कालिन उपाध्यक्ष तथा प्रधानमन्त्री समेत चलाईसकेका डा भट्टराई नयाँ शक्ती पार्टीका अध्यक्ष हुँदै जसपामा समाहित भएका थिए। जसपा भित्र पनि बिचार नमिले पछी जसपाबाट निश्कासित भई पुन नयाँ पार्टी दर्ता गराएका हुन। नेपालमा जुनसुकै दलका नेताहरुमा पनि कुर्सी, सुबिधा र पावरमै बस्नु पर्छ भन्ने मोहले गर्दा पार्टिहरु पनि फोहोरको डङगुर जस्तै थुप्रिन थालेको छ्।