बुधबार, भाद्र ३ गते २०८३
images

शेयर बजार दोहोरो अंकको वृद्धि हुदा पाँच कम्पनीको मुल्यमा पोजेटिभ सर्किट


  • 2.1K
    SHARES
  • माघ ११, २०७९ बुधबार

    माघ ११, काठमाण्डौ, शेयर बजारमा कारोवारको चौथो दिन नेप्से १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेर दोहोरो अंकको वृद्धि भएको हो । परिसुचक बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ । 

     

    ३अर्ब ४६ करोड ६५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ कारोबार भएको छ भने २६१ कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता शेयर खरिद बिक्री भएको छ । सानिमा जिआइसी इन्स्योरेन्स, सुर्यज्योती लाइफ, बलेफी हाइड्रो, ग्रीन्लाइफ हाइड्रो र आदर्श लघुबित्तको लगभग सर्किटको अवस्थामा कारोवार भएको हो । 

    १० करोड भन्दा बढीको कारोवार गर्दै नेसनल हाइड्रोपावर शिर्ष स्थानमा रह्यो । १३ उपसमुहमा ११ को मूल्य वृद्धि हुदा २ को भने घटेको छ । सूचांक बढे पनि बैन्किङ र फाइनान्स भने ओरालो तर्फ लाग्यो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार