भेरीगंगा नगरपालिकाले नेपाल सरकारले तोकेका आठ रोग हृदय रोग, गुर्दे रोगहरु (मृगौला), क्यान्सर, सिकल सेल एनीमिया, पार्किन्सन र अल्जाइमर रोग लगायत थप प्यारालाइसिसका रोगीहरुलाई मासिक २००० रुपैयाँ उपलब्ध गराउने जनाएको छ । गत बैशाखमा भएको स्थानिय निर्वाचनमा निर्वाचित पदाधीकारीहरुको पहिलो बैठकले नै यो निर्णय गरेतापनी कार्यबिधी नबनेका कारण केही ढिला हुन गएको उपमेयर धनसरा बोहराले बताउनु भयो ।
उपमेयर बोहोराका अनुसार नगरपालिका क्षेत्र भित्र बाट डाटा संकलन गर्दा कारीव ७० देखी ८० जना यस्ता किसिमका बिरामीहरु पाइएको बताउनु भयो । यस्तो रकम लिनको लागि नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थाबाट रोग प्रमाणित भएको कागजपत्र पेश गर्नु पर्ने हुन्छ । मासिक २००० रुपैया कम देखिएता पनि वार्षिक रुपमा हेर्दा रोगीलाई ठुलो मात्रामा राहत हुने देखिन्छ । हालै यो कार्यबिधी कार्यान्यनमा आएता पनि निर्णय भएको मितीबाट नै यो सुबिधा रोगीहरुले पाउने उपमेयरले बताउनु भयो ।