मंगलबार, भाद्र २ गते २०८३
images

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज हुने


  • 1.3K
    SHARES
  • माघ १७, २०७९ मंगलबार

    माघ १७, काठमाण्डौ - सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुने भएका छन । आज मर्जर हुने अन्तिम सम्झौतामा सगरमाथा इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष मनोहर दासले हस्ताक्षर गर्नु भएको छ । Sagarmatha insurance 1.jpg

    सम्झौतामा दुवै कम्पनी मर्ज भए पछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । कम्पनीको आगामी साधारण सभामा मर्जरको विशेष प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । प्रारम्भिक सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीमा मर्ज हुँदा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर अनुपात १००:८० कायम रहनेछ । मर्ज पछी बन्ने कम्पनीको चुक्ता पुंजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ हुने छ ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार