मंगलबार, भाद्र २ गते २०८३
images

नेपाल बीमा प्राधिकरणले लघुबीमाका लागि लघुबीमा निर्देशिका २०७९ जारी


  • 1.2K
    SHARES
  • चैत्र २७, २०७९ सोमबार

    चैत्र २८, काठमाण्डौ - नेपाल बीमा प्राधिकरणले लघुबीमाका लागि लघुबीमा निर्देशिका २०७९ जारी गरेको छ। कम्पनी सञ्चालन र बीमितको अधिकारका आवश्यक व्यवस्थाहरु निर्देशिकामार्फत स्पष्ट जनाएको छ।

    निर्देशिका अनुसार लघुबिमा कम्पनीले गरिब, निम्न आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा लगाएत सीमान्तीकृत समुदायलाई लक्षित गरेर व्यवसाय गर्न पाईने छ। लघु जीवन बीमामा बीमकले बढीमा ४ प्रकारका बीमा गर्न सक्छन्। जसमा आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बीमाहरु समावेस छन्। लघु निर्जीवन बीमा तर्फ बीमकले ५ प्रकारका बीमा मात्र गर्न सक्ने छन। जस अन्तर्गत घर, सम्पत्ति, व्यवसाय लघुबीमा, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति लघुबीमा लगायत अन्य लघु निर्जीवन बीमा रहेका छन।

    बीमालेखको अवधिमा जीवन लघु बीमालेखको १ वर्ष वा सोभन्दा बढी र निर्जीवन लघु बीमालेखमा १ वर्ष वा सोभन्दा कम अवधिको लागिमात्र जारी गर्न सकिने व्यवस्था गरिएको छ। बीमकले बीमितबाट पूरा बीमा शुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न पाउने छैनन् तर, संघ वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएमा भने सो बराबरको रकम घटाइ बाँकी बीमाशुल्क लिई बीमा गर्न बाधा नपुग्ने भनी उल्लेख गरिएको छ।  

    बीमाको दर र गणनाका आधारमा शुल्क गणना गर्नुपर्ने र बीमालेख अनुसार गणना गर्दा आउने शुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न पाइदैन। बीमालेख जारी भईसकेपछी बीमा अवधिभर कुनै दर घटाउन नपाउने व्यवस्था निर्देशनले गरेको छ। यस्तै नेपाल बीमा प्राधिकरणले लघुबीमाको सीमा निर्जीवन तर्फ ५० लाखसम्म र जीवन तर्फ ५ लाख रुपैयाँसम्मको र घर, सम्पत्ति तथा व्यवसाय लघुबीमामा ५० लाखसम्म, इन्जिनियरिङ लघुबीमामा ५०, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र ५ लाख र अन्य लघुबीमामा ५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्छन्। 

    जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँभन्दा कम बीमांक भएको लघुबीमा गर्ने व्यवस्था गरिएको छ। हाल लघुबीमा गरिरहेका बीमा कम्पनीहरुलाई काम गर्न यो नयाँ निर्देशनले बाधा नपुर्याएको मानिने प्राधिकरणले जनाएको छ। लघुबीमा अभिकर्ताको कमिसन नियमावली बमोजिम र निर्जीवन बीमातर्फ ५ प्रतिशतले पाउनेछन्। प्राधिकरणले ७ वटा लघुबीमा कम्पनीका लागि लाइसेन्स जारी गर्न लागेको हो। 
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार