बिहीबार , कार्तिक २० गते २०८३
images

इन्सुरेन्स कम्पनीले बाढी पहिरोको दाबी भुक्तानीमा गरे ढिलाई


  • 869
    SHARES
  • पौष १५, २०८१ सोमबार

    काठमाडौं - गत असोज ११ र १२ गते आएको बाढी पहिराेले पुर्‍याएको क्षतिको दाबी भुक्तानीमा इन्सुरेन्स कम्पनीहरुले ढिलाइ गरेको पाइएको छ । १८ बीमा कम्पनीमा ३ हजार ६७६ जनाले करिब १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको दाबी गरेका छन तर जम्मा भुक्तानी भने एक अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको मात्रै भएको छ ।

    सबै भन्दा बढी दाबी सिद्दार्थ प्रिमियम इन्सुरेन्स कम्पनी लिमिटेडमा २ अर्व ६३ करोड १ लाख १४ हजार ५६ रुपैयाँ दाबी गरिएको छ भने सबै भन्दा कम भुक्तानी प्रोटेक्टिव माईक्रो इन्सुरेन्स कम्पनी लिमा ५ लाख ४० हजार माग दाबी गरिएको छ ।

    हाल सम्म दाबी गर्ने मध्ये १ हजार ७२० जनाले मात्र भुक्तानी पाएका छन । सबै भन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स अग्र स्थानमा रहेको बिमा प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार