जेष्ठ १४, काठमाण्डौं - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज) भई बनेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामवाट आजवाट एकीकृत कारोवार हुँदै छ।
मिति २०८० बैशाख २५ गते सम्पन्न विशेष साधारणसभाबाट दुबै इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने र गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित भएसँगै नेपाल विमा प्राधिकरणबाट मिति २०८० जेष्ठ २ गते स्वीकृति प्रदान गरेको थियो। नेपाल धितोपत्र बोर्डले २०८० जेष्ठ ९ गते स्वीकृत प्राप्त भएको थियो।
कम्पनीको मर्जर पश्चात् मुख्य कार्यालय सुन्धारा स्थित सिटिसी मलको सातौ तल्लामा रहने जनाएको छ। एकीकृत कारोवार सुचारु गर्नकालागी कम्पनिले गत शुक्रबार डाटा माईग्रेशनकालागी सम्पुर्ण कारोवार र सेवा बन्द गरेको थियो।