बैशाख १३, काठमाण्डौं - नेपाल बीमा प्राधिकरणले भनेको समय भित्र चुक्ता पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुलाई प्राधिकरणले पुन: ३ महिना थप समय दिएको छ। बीमा प्राधिकरणले गत चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने भनेको थियो।
हाल पुँजी बढाउनकालागी कम्पनीहरुबीच मर्जरमा गैरहेका छन। जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स र सिद्धार्थ प्रिमियर इन्सुरेन्स सहित जम्मा ४ वटा बिमा कम्पनीले मात्र मात्र चुक्त्ता पुँजी पुर्याएका छन।
चुक्ता पुँजी पुर्याउन नसकेका कम्पनीहरुको माग अनुसार नेपाल बीमा प्राधीकरणको व्यवसाय संचालन सम्बन्धी दोस्रो संशोधन निर्देशिका-२०८० जारी गर्दै ति कम्पनीहरुकालागी समय थप गरेको प्राधिकरणले जनाएको छ। चुक्त्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र तोके बमोजिमको चुक्ता पुँजी पुर्याउनु पर्ने छ।