माघ १७, काठमाण्डौ - मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा मा हिजो आईपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि कुल १०० अंकित दरका २८ करोड रुपैयाँ बराबरको कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।