टर्कीको गाजियान्टेपमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भुकम्प गएको छ । यो टर्कीको दक्षिणी पुर्वी शहर र सिरियाको सिमा नजिक हो । भुकम्पमा परि ७६ जनाको मृत्यु भएको छ ।
भुकम्पको धक्का राजधानी अन्कारा लगायत टर्कीको विभिन्न शहरहरुमा महसुस भएको जनाइएको छ । सयौ भवनहरु भत्किएका छन । जस्मा सयौ ब्याक्तीहरु फसेको हुनसक्ने आकलन गरिएको सबह दैनिकले जनाएको छ । टर्की बिश्वको सक्रिय भुकम्पिय क्षेत्रहरूमा पर्दछ भने १९९९ मा टर्कीको उत्तर-पश्चिममा शक्तिशाली भुकम्पमा परि १७००० भन्दा बढीको मृत्यु भएको थियो ।