बुधबार, कार्तिक १९ गते २०८३
images

चिटिक्क पशुपति परिसर: २० लाख भक्तजनले दर्शन गर्ने अनुमान


  • 3.1K
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार

    फाल्गुन ५, काठमाण्डौं - भोलि फाल्गुन ६ गते महाशिवरात्री पर्वकालागी पशुपति विकासकोषले पशुपतिक्षेत्रलाई रङ्गरोगन, झिलिमिली र व्यवस्थापकिय व्यवस्था गरेर चिटिक्क सजाइएको छ। महाशिवरात्रीका दिन पशुपतिनाथसहित देश तथा बिदेशमा रहेका हिन्दुहरुले शिवालयहरुमा गएर पुजाआर्चना, आरधना र भजनकिर्तन गर्ने गर्छन।

    महाशिवरात्रीको तयरीकालागी संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातिँको संयोजकत्वमा मुल समारोह समिती गठन गरिएको छ। पशुपती विकासकोषका अनुसार दर्शनार्थीहरुको सहजताकालागी ८ उप-समितीहरु गठन गरिएका छन।

    पत्रकार तथा स्वंसेवकबाहेककालागी पशुपतिक्षेत्रमा प्रवेश पासको ब्यवस्था गरिएको छैन। दर्शनार्थीकालागी ५ लाईनको ब्यवस्था गरिएको छ। 

    सुरक्षाको संबेदनशिलतालाइ मध्यनजर गर्दै यो पटक नेपाली सेना पनि सुरक्षाकालागी खटाइने भएको जनाइएको छ।  जुत्ताचप्पल राख्ने स्थान तथा खानेपानी शौचालय र सरसफाइको पुर्ण बन्दोबस्त गरिसकिएको छ। 

    पशुपतिक्षेत्रका भष्मेश्वोर, राममन्दिर, मृगस्थली, अन्नपूर्ण र निर्मललगायतका जमघटहुने अखडाहरुमा धुनिकालागी दाउराको ब्यवस्थापन गरिएको छ। नागाबाबाहरुकालागी भने मुलमन्दिर परिसरमै धुनिको ब्यवस्था गरिने आयोजकले जनाएको छ।

    महाशिवरात्रीमा देश तथा बिदेश (बिशेष गरि भारतबाट) हजारौ तिर्थालु, पर्यटक र दर्शनार्थीहरु भित्रिने अपेक्षा पनि गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार