शनिबार, श्रावण ३० गते २०८३
images

बसन्तपुरमा चीर ठड्याइयो, आजवाट होली पर्व आरम्भ


  • 2.0K
    SHARES
  • फाल्गुण १५, २०७९ सोमबार

    फाल्गुन १५, काठमाण्डौं - आज सोमबारदेखि फागु (होली) शुरु भएको छ। आज बिहान ७.४५ मिनेटको शुभसाइत पारेर बसन्तपुरको हनुमानढोकामा चिर ठड्याएर फागुपर्वको शुरुवात गरिएको हो।

    हरेक वर्ष हनुमानढोका दरवारको दक्षिणतिर तिनतले चिर ठड्याएसँगै होली पर्व शुरु हुन्छ। हनुमानढोका लगायत पाटन र भक्तपुरमा पनि चिर ठड्याउने गरिन्छ। 

    फाल्गुन शुक्ल पुर्णिमाका दिन उक्त चिरलाइ राती ढालेर टुडिखेलमा पुर्याइ दाह गरेपछी होलीको समाप्ती हुने परम्परा रहेको छ। होलि पर्व पहाडी क्षेत्र र उपत्यकामा फाल्गुन २२ तथा तराईमा २३ गते मनाइदैछ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार