पौष ३० काठमाण्डौ - आज साँझबाट सूर्य मकर राशिमा प्रवेश गरिसकेको छ । मकर राशिमा सूर्यको प्रवेशसँगै सुर्य शनि र शुक्रसँग मिल्नेछ । जुन दुर्लभ संयोग हो । यसपछि मकर संक्रान्तिमा सूर्यले शनिसँग ३० वर्षपछि मात्रै भेट गर्नेछ ।
यस कारण यस पटक मकर संक्रान्तिमा हुने सूर्य र शनिको संयोगलाई निकै विशेष मानिएको छ । ज्योतिषको हिसाबले सूर्य र शनिको मकर राशिको मिलनले सिंह र तुला धनु र कुम्भ राशिका लागि खासै अनुकूल देखिएको छैन ।