कार्तिक २२, काठमाण्डौं - काठमाण्डौं महानगरपालिकाले भोली देखि सडकमा भेटिएका गाई र बाच्छाबाछी संकलन गरेर दक्षिणकाली नगरपालिकाको वडा नंम्वर ७ स्थित कोपुगाँउमा व्यवस्थापन गर्ने जनाएको छ।
काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक संजालमा सडकमा छाडिएका चौपायाले खान पाएका छैनन, तिर्खालागेको बेला पानी र विरामी भएको बेलामा उपचार समेत नपाएको र सडकमा दुर्घटनाको जोखिम पनि देखिएकाले दक्षिणकालीमा कान्जी हाउस निर्माण गरि ब्यवस्थापन गरिने जनाउनु भएको छ।
कान्जी हाउसमा १० मेट्रीक टन साईलेज खरिद भैसकेको छ। ती गाईबाच्छाको हेरचाहका निम्ति २ जना कर्मचारीको पनि दैनिक ज्यालादारीमा लिईएको जनाईएको छ भने दक्षिणकाली नगरपालिका वडा नंम्वर ७ संगको सहकार्यमा विजुली र पानीको ब्यवस्थापन हुने बताईएको छ।